मेरो उमेदवारी सभापतिमा : सुजाता कोइराला

चैत ८, सिराहा-  नेपाली काग्रेसकी नेतृ सुजाता कोइरालाले आसन्न महाधिवेशनमा सभापति पदको लागि उमेद्वारी दिने बताएकी छिन् । सिराहामा आयोजीत एक कार्यक्रममा बोल्दै कोइरालाले अबको नेतृत्व महिलाले पाउनुपर्ने र सभापति पदको लागि आफुले उमेद्वारी दिने बताएकी हुन् । पार्टीमा गुट उपगुट निर्माण हुन थालेकोले कार्यकर्ता टाढा हुन सक्ने खतरा रहेको उनको भनाई छ । अर्को प्रसंगमा कोइरालाले संविधान प्रक्रियाभन्दा पनि सहमतिको आधारमा निर्माण गर्नुपर्ने भएकाले सबै दलले व्यक्तिवादी र पार्टीगत स्वार्थ छाड्नु पर्ने बताइन् ।