चैत ८, भारत – पूर्वी भारतीय राज्य बिहारमा गत शनिबार उच्च माध्यमिक विद्यालय तहको परीक्षामा चिट चोराउनेहरूको भिडलाई नियन्त्रण गर्ने प्रहरीले लाठी चार्ज र हवाई फायरसमेत गरेको छ । केन्द्र सरकारको मानव संसाधन विकास मन्त्री उपेन्द्र कुशवाहाले बिहारका परीक्षा केन्द्रहरुबाट लगभग एकसय जनालाई चिट चोराएको अभियोगमा पक्राउ गरेको र बिहार सरकारबाट यसबारे प्रतिवेदन माग गरिनेसमेत जनाउनुभएको छ ।
समाचारस्रोतले जनाएअनुसार बिहार राज्यको वैशाली र भोजपुर जिल्लामा प्रहरीले हवाई फायर गर्दा कोही पनि घाइते भएका छैनन् । एक टेलिभिजन प्रशारणमा मानिसहरू अग्ला अग्ला परीक्षा केन्द्रका पर्खाल चढी झ््यालबाट परीक्षार्थीहरूलाई उत्तरपुस्तिका र चिटहरू दिइरहेको दृष्य देखाइएपछि यस समाचार राष्ट्रिय र अन्तर्राष्ट्रिय मुख्य समाचार बनी सनसनीपूर्वक फैलिएको थियो ।