संबिधान जारी गर्न एमाले हदै सम्म लचक हुन तयार : नेता नेपाल

चैत ६, काठमाडौँ-नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले सहमतिको संबिधान निर्माण गर्न एमाले हदै सम्मको लचक हुने बताएका छन् । गृहजिल्ला रौतहटको सदरमुकाम गौरमा आयोजित साइकल दौडको पुरस्कार बितरण समारोहलाई आज सम्बोधन गर्दै नेता नेपालले मुलुकलाई अब संविधानका नाममा धेरै बन्धक राख्न नहुने बताएका हुन् । सहमतिमा निर्माणहुने संबिधानले संसारमा राम्रो संदेश जाने र देशको समग्र बिकास हुने भएकाले एमाले सहमतीको पक्षमा रहेको नेता नेपालको भनाइ छ । कांग्रेस नेतृत्वको सरकारले पटकपटक सहमतिमा आउन अनुरोध गरीरहेको अवस्थामा एमाओबादी लगायत ३०दलिय मोर्चाद्धारा आन्दोलनको घोषणा देशको लागि दुर्भागयपूर्ण रहेको नेपालको टिप्पणी छ ।