एमालेले दियो युवा संघका दुवै पक्षका भेला स्थगन गर्न निर्देशन

चैत ६, काठमाडौँ- नेकपा एमालेको भातृ संगठन युवा संघको गुटगत विबाद उत्कर्षमा पुगेपछि दुवै पक्षका भेला स्थगन गर्न एमालेले निर्देशन दिएको छ । एमाले युवा फाँट ईञ्चार्ज शेरबहादुर तामाङले संस्थापन समूहले हेटौंडामा भोलि र पर्सिका लागि आयोजना गरेको युवा परिषद्को बैठक र केन्द्रीय कमिटीको विस्तारित बैठक स्थगित गर्न निर्देशन दिएका हुन् । ईन्चार्ज तामाङले आज बिज्ञप्ति मार्फत तीन बुँदे विशेष निर्देशन दिंदै काठमाडौंमा असन्तुष्ट समूहले आयोजना गरेको समानान्तर कार्यकर्ता भेला स्थगित गर्न भन्नु भएको हो । युवा संघभित्रको विवाद समाधान गर्ने गरी तत्काल कदम चाल्न स्थायी कमिटीसमक्ष तामाङले अनुरोध गरेका छन् ।