मृत्युदण्ड बाहेक सबै कानूनी व्यवस्थ गर्न तयार गृहमन्त्री

चैत ६, काठमाडौँ- जातिय भेदभाव रोक्न मृत्युदण्ड बाहेक सबै कानुनी व्यवस्थ गर्न सरकार तयार रहेको गृहमन्त्री बामदेव गौतमले बताएका छन् । जातीय भेदभाव विरुद्धको अन्तराष्ट्रिय दिवसको सन्दर्भ पारेर राजधानीमा आयोजना गरिएको कार्यक्रममा गौतमले अवको संसद अधिवेसनमा त्यस्ता कानुन बनाउनेतर्फ सचेत गराउन आग्रह गरेका छन् ।

नेपालमा विभेद कानुनी रुपमै हटेपनि अझै त्यसलाई प्रतिस्थापन गर्ने कानुन चाहिए बहस खुला रहेको बताए । दलित अधिकारका नाममा बाहुन, क्षेत्री विरोधी वदला लिने अभियानले मुद्धालाई निष्कर्षमा नपु¥याउने भएकाले सचेत हुन अधिकारकर्मीलाई आग्रह गरे । मानवअधिकारकर्मी, दलितअधिकारकर्मी तथा सञ्चारसंघ सस्थाको अगुवाइमा भएको कार्यक्रमले ललितपुर घोषणा पत्र जारी समेत जारी गरेको छ ।