वेलायतमा पक्राउ नेपाली सेनाका कर्णेल लामालाई स्वदेश फर्काउन व्यवस्थापिका संसदको चासो

फागुन २९,काठमाडौँ-वेलायतमा पक्राउ परेका नेपाली सेनाका कर्णेल कुमार लामालाई स्वदेश फर्काउने बारेमा व्यवस्थापिका संसदको सामाजिक न्याय तथा मानव अधिकार समितिले चासो देखाएको छ ।
समितिले कर्णेल लामालाई स्वदेश फिर्ता गराउने बारेमा प्रधानमन्त्री सुशील कोइराला र प्रधान सेतापति गौरवशमशेर जबरासँग छलफल गर्ने भएको छ । समितिले आज कर्णेल लामाको बारेमा छलफलका लागि प्रधानमन्त्री र प्रधानसेनपतिलाई बैठकमा बोलाइएको छ । रक्षा सचिवलाई आजको बैठकमा बोलाइएको समितिले जनाएको छ । नेपालले यातना विरुद्ध राष्ट्रसंघीय महासन्धीमा हस्ताक्षर गरेकाले लामालाई सन २०१३ जनवरी ३ मा परिवार भेट्न जादा बेलायतमै पक्राउ गरिएको थियो ।