ट्राफिक प्रहरीको यात्रा आजबाट सार्वजनिक सवारीमा

 

फागुन २९,काठमाडौँ-ट्राफिक प्रहरीले आजदेखि काठमाण्डौ उपत्यकामा सार्वजनिक सवारी साधनमा यात्रा गर्ने भएका छन् । ट्राफिक प्रहरीले आजबाट हरेक शुक्रबार सार्वजनिक गाडीमा कार्यालय आउने र घर फर्कने भएका हुन् ।
ट्राफिक नियमको पालना गर्न गराउन महानगरीय ट्राफिक प्रहरी महाशाखामा कार्यरत सबै तहका प्रहरी कर्मचारीले सार्वजनिक गाडीमा यात्रा गर्ने महाशाखाले जनाएके छ । ट्राफिक प्रहरीले सार्वजनिक रुपमा गाडी चढ्दा अनुगमन र चेकिङको दायरा फराकिलो हुने महाशाखाको दावि रहेको छ । सादा पोसाकमा ट्राफिक प्रहरी सार्वजनिक गाडीमा चढ्ने भएकाले ट्राफिक नियम उलङ्घनमा कमी आउने तथा सार्वजनिक गाडीमा यात्रुमैत्री वातावरणको सिर्जना हुनेछ ।
यसैबीच ट्राफिक प्रहरीले आजदेखि ललितपुरमा युवा विद्यार्थीमाझ ट्राफिक प्रहरी भन्ने अभियान सुरु गर्दैछ । सवारी दुर्घटनामा ६० देखि ७० प्रतिशत युवाको ज्यान जाने गरेपछि अभियान सुरु गर्न लागिएको ललितपुरका ट्राफिक प्रहरी निरीक्षक सिताराम हाछेथुले बताउनुभयो ।