आदिवासी जनजातिहरुकोे पूर्व–पश्चिम पहिचान यात्रा

फागुन २९,काठमाडौँ-आदिवासी जनजातिहरुकोे पूर्व–पश्चिम पहिचान यात्रा आज पनि जारी छ । आदिवासी जनजाति आन्दोलन नेपालको अगुवाईमा पूर्वको झापा र पश्चिमको धनगढीबाट एकसाथ पहिचान यात्रा सुरु भएको थियो । यात्राको क्रममा बिभिन्न स्थानमा गरिएका सभासलाई जनजाति नेताहरुले सम्वोधन गर्दै आएका छन् । पूर्वको टोली आज सुनसरी आइपुग्दै छ । भोलि सिराहाको लहान र सर्लाहीको लालबन्दीमा सभा गर्ने कार्यक्रम छ ।  यसैगरी पश्चिमको टोली आज बाँकेको नेपालगन्ज र दाङ पुग्दै छ । पूर्व र पश्चिमको टोलीबीच पर्सि चितवन आइपुग्ने र संयुक्त सभा गर्ने नेता आङकाजि शेर्पाले जानकारी दिनुभयो । पहिचान यात्रामा एकीकृत नेकपामा माओवादी सचिव वर्षमान पुन, संघिय समाजवादीका अध्यक्ष अशोक राई, नेकपा–माओवादी नेता सुरेश आलेमगर लगायतका नेताहरुको सहभागिता छ ।