सुनको मूल्य पुनः ४ सयले घट्यो

फागुन २९,काठमाडौँ – बिहीबार सुनको मूल्य पुनः ओरालो लाग्यो । अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यस दिन स्थानीय बजारमा छापावाल सुनको भाउ तोलामा ४ सयले ओरालो लागेर ५० हजार १ सयमा कारोबार भयो । अघिल्लो दिन तोलाको ५० हजार ५ सयमा स्थीर रहेको थियो ।

चाँदीको मूल्य पनि तोलामो १० रुपैयाँले झरेर ६ सय ७० मा कायम गरिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा विहीबार साँझसम्म सुन प्रति औंन्स ११ सय ५७ डलरको हाराहारीमा कारोबार भैरहेको थियो ।