बंगलादेशमा भवन भत्कँदा ८ जनाको मृत्य

फागुन २९,काठमाडौँ-बंगलादेशमा एउटा सिमेन्ट कारखाना आंशिक रुपमा भत्कँदा ८ जनाको मृत्य भएको छ । राजधानी ढाकादेखि २ सय किलोमिटर दक्षिण पश्चिममा पर्ने बन्दरगाह शहर मोन्गलामा रहेको निर्माणाधिन भवन आंशिक रुपमा भत्किएको बिबिसीले जनाएको छ ।
निर्माणाधिन भवनमा काम गरिरहेका ७० जना मध्ये ६० जनालाई अस्पताल लगिएको छ । भवन भत्किँदा दर्जनौ व्यक्ति छतमा काम गरिरहेकाले कति हराएका छन् भन्ने यकिन नभएको खबरमा उल्लेख छ । सेनाको घेराबन्धीमा रहेको भवन निर्माणको काम चाइनिज कम्पनीले गरिरहेको थियो । एजेन्सी