आर्थिक वर्षमा दुई करोड बेरुजु

फागुन २७, काठमाडौँ- सर्वाेचच अदालतमा गत आर्थिक वर्षमा दुई करोड बेरुजु रहेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले तयार पारेको प्रारम्भिक प्रतिवेदनमा आव ०७०र७१ मा सर्वोच्चको विनियोजित बजेटमा करिब दुई करोड बेरुजु रहेको उल्लैख गरिएको हो ।

बेरुजु तलब, भत्ता, करकट्टा, विदेश भ्रमणदेखि पत्रिका छपाइसम्ममा रहेको जनाइईएको छ । महालेखाले विनियोजन गरेका अधिकांश शीर्षक पिच्छे बेरुजु औंल्याएको छ । सरकारी कोषको विनियोजन, राजस्व र धरौटीको लेखापरीक्षण महालेखाले गर्छ ।
महालेखा परीक्षकको प्रारम्भिक प्रतिवेदनले अदालतका विभिन्न शिर्षकमा बिनियोजन भएको रकममध्ये गत असार मसान्तसम्म एक करोड ७८ लाख ८८ हजार सात सय ४९ रुपैयाँ बेरुजु औल्याएको हो । महालेखाले अदालतलाई ३५ दिनभित्र मिलाउन सक्ने बेरुजु रुजु गर्न पनि निर्देशन दिएको छ ।