रामेछापमा आगलागिमा हुदा एक जनाको मृत्यु ३ वटा घर जलेर नष्ट

फागुन २७,रामेछाप- रामेछापको साँघुटारबजारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु भएको छ । अर्को एक जना गम्भीर घाईते छन् । घाईतेलाई गए राती नै पउचारका लागी काठमाण्डौ ल्याईएको जनाईएकोछ । गएराति १० बजेतिर स्थानीय हरिबहादुर श्रेष्ठको घरबाट शुरु भएको आगलागिले गणेशबहादुर श्रेष्ठको सहित बजारका ३ वटा घर पनि जलेर नष्ट भएका छन् ।

जलेर मृत्यु हुनेमा गणेश बहादुर श्रेष्ठको होटलमा बास बस्ने व्यक्ति भएको स्थानीय जनाईएको छ । उनको परिचय खुल्न सकेको छैन । उनको आधा शरिर डढेर चिन्न नसक्ने अबस्थामा रहेको छ । करेन्ट सट भएर शुरु भएको आगलागि बजारमा बढ्दै जान थालेपछि बजारबासी तथा प्रहरीको सक्रियतामा एक घण्टा पछि आगो नियन्त्रणमा आएको थियो ।