नेपालगन्ज र वीरगन्जको पोल्टामा राष्ट्रिय क्रिकेट

फागुन २७, काठमाडौँ-नेपालगन्ज क्षेत्र नं ५ र क्षेत्र नं २ वीरगन्ज सिनियरतर्फको एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा बिजयी भएका छन् । पुल्चोक इन्जिनियरिङ कलेजको मैदानमा नेपालगञ्जले क्षेत्र नं ७ जनकपुरलाई सजिलै आठ विकेटले हरायो । त्यसैगरी, कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा वीरगञ्जले क्षेत्र नं ८ पोखरामाथि तीन विकेटको जीत निकाल्यो । टस हारेर व्याटिङको निम्तो पाएको जनकपुरले ४५।५ ओभरमा सबै विकेट गुमाउँदै २३६ रनको मध्यम स्कोर बनाएको थियो ।

जवाफी व्याटिङका लागि आएको नेपालगन्जले ४२ ओभरमा मात्र दुई विकेटको क्षतिमा लक्ष्य पूरा ग¥यो । नेपालगन्जको जीत सम्भव बनाउन प्रज्वल शाही र अविजित रहेका अनुपम सिंहले बनाएको ५०–५० रन उल्लेखनीय रह्यो । त्यस्तै अर्का अविजित सुवेन्दु पाण्डेको ३१ तथा सिद्धान्तराज शाहीको २६ रनको योगदानलाई पनि कम आक्न मिल्दैन ।

वीरगन्जलाई जीत दिलाउन अमित श्रेष्ठले ५०, रवि थापाले ४७, हसिम अन्सारीले ३६, अङ्शू कन्दोईले २१, अविजितद्वय रामनरेश गिरीले १३ र इर्साद अहमदले ७ रनको योगदान दिँदा अनिल साह तथा सुरजप्रसाद कुर्मीले ४–४ रन जोडे ।