सौर्य उर्जाबाट चल्ने प्लेन भारत आइपुग्यो (फोटोफिचर)

फागुन २७, काठमाडौँ-सोमबार अबुधाबीबाट उडेको सौर्य उर्जबाटमात्र चल्ने संसारकै पहिलो सोलार इम्प्लस २ प्लेन भारत आइपुगेको छ । म्यान्मारबाट भारत आइपुगेको यो प्लेन  हवाई, चीन, न्यु योर्कसम्म पुगेर पुनस् अबुधाबीमै फर्कने छ । सोमबार बिहान सौर्यउर्जाबाट चल्ने सो प्लेन अबुधाबीबाट दुनियाँको यात्रामा निस्केको हो । तेलको प्रयोगविना चल्ने कुनै पनि प्लेन पहिलो पटक उडेको हो ।

सोलर इम्पल्सलार्इ बनाएका पाइलट आन्द्रे बोर्सबर्गले यो एक सिटे प्लेनलार्इ अल बतिन एयरपोर्टबाट उडाएर यात्रामा निस्केका हुन् । पंखामा सोलार प्यानल जोडिएको यो प्लेन दुबै पाइलटले १२ चरणमा उडाउने कार्यक्रम छ । विश्व यात्राका क्रममा यो प्लेनलार्इ बनाउने अर्का पाइलट बरट्र्यान्ड पिकार्डले पनि उडाउने छन् । स्विट्जरल्यान्का यी दुबै पाइलटका अनुसार तेल प्रयोगबाट हुने प्रदुषण रोकी वातावरण सफा बनाउनका लागि जनचेतना फैलाउन यो प्लेन बनाइएको हो ।

लाइटवेट सोलर इम्पल्स(२ पाँच वर्षसम्म उडान भरिसकेको सिंगल सिटे प्रोटोटाइपको ठूलो रुप हो । यो कार्बन फाइबरबाट बनेको छ । यसमा लामो समयसम्म सौर्य उर्जा बचत गर्ने शक्तिशाली  ब्याट्री लगाइएको छ । जसले प्लेनलार्इ उडान भर्दा उर्जा दिने काम गर्छ ।
 सोलर ब्याट्री लिथियम पोलिमर ब्याट्रीबाट रिचार्ज हुन्छ । कम्पनीका अनुसार यो प्लेन ७२ मिटर लामो छ । जुन बोइङ ७४७ भन्दा लामो हो । यो प्लेनको तौल एउटा कारको बराबर करिब २३ सय किलो रहेको छ ।

यो प्लेनलार्इ अघिल्लै साल अप्रिलमा सार्वजनिक गरिएको थियो । त्यसपछि गत जुनमा यसलार्इ पहिलो पटक पश्चिमी स्विट्जरल्यान्मा दुर्इ घण्टास १७ मिनेटसम्म उडाइएको थियो । भारतबाट अब यो विमान दुर्इ ठाउँमा रोकिएपछि  चीनका लागि उड्ने छ । यात्रका क्रममा प्लेन प्रशान्त र एटलान्टिक महासागर पनि पार गर्नेछ । दुबै पाइलटहरु विश्व यात्रामा निस्केको सोलार प्लेन लिएर जुलाईको अन्तिम या अगस्टमा आबुधावी फर्कने अपेक्षा गरिएको छ । एजेन्सीको सहयोगमा

यात्रका क्रममा प्लेन प्रशान्त र एटलान्टिक महासागर पनि पार गर्नेछ । दुबै पाइलटहरु विश्व यात्रामा निस्केको सोलार प्लेन लिएर जुलाईको अन्तिम या अगस्टमा आबुधावी फर्कने अपेक्षा गरिएको छ । एजेन्सीको सहयोगमा