फागुन मसान्तसम्ममा काँग्रेसले क्रियाशील सदस्यता नवीकरण गर्ने

काठमाडौँ, २७ फागुन-नेपाली काँग्रेसको केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले यही फागुन मसान्तभित्र आवश्यक प्रक्रिया पूरा गरी सदस्यता नवीकरण तथा नयाँ सदस्यसम्बन्धी विवरण पार्टीमा बुझाउन आफ्ना सदस्यलाई निर्देशन दिएसँगै प्रक्रिया अगाडी बढाइने भएको छ ।

२०७२ साल भदौ २४–२८ गतेसम्म काठमाडौँमा आयोजना हुन गइरहेको महाधिवेशनको तयारीस्वरुप सदस्य नवीकरणलाई प्राथमिकता दिइएको हो ।  समितिले ती जिल्लामा परिपत्र जारी गरी अझै क्रियाशील सदस्यको विवरण आउन बाँकी रहेको उल्लेख गर्दै अन्तिम पटकका लागि म्याद थपिएको र सो म्यादभित्र पार्टीको विधानअनुसार सदस्यता नवीकरण गर्न निर्देशन जारी गरेको हो ।