नुन नखाँदा शरिरलाई हुने अपत्यारिला १२ फाइदा

काठमाडौं – एक हप्तासम्म नुन नखाँदा तपाईंको शरिरमा आश्चर्यजनक परिवर्तन हुने बताइएको छ । नुन नखाँदाका फाइदा छन् र यो कुरालाई थुप्रै मानिसहरुले विश्वास पनि गरेका छन् । नुन नखाँदा तपाईं लामो समयसम्म बाँच्न सक्नुहुन्छ । एउटा निश्चित समयपछि आफ्नो खानामा नुनको मात्रा कम गर्नु र नुन छोडिदिनु आत्यावश्यक हुने गर्दछ ।
नुन नखाँदा हुने सबैभन्दा ठूलो फाइदा भनेको यसले शरिरको दबाबलाई सन्तुलन गर्ने गर्दछ । धेरै नुन खाँदा ब्लडप्रेसर बढ्ने गर्दछ जुन बढिरहेको उमेरका लागि राम्रो होइन । त्यसकारण एक हप्तासम्म नुन नखाँदा तपाईं स्वस्थ जीवनशैलीतर्फ उन्मुख हुनुहुनेछ विशेषगरि त्यस्ता व्यक्तिहरु जो उच्च रक्तचापको शिकार हुनुहुन्छ ।
उच्च रक्तचापबाहेक नुन नखानुको निकै फाइदा रहेका छन् । तपार्ईंको खानामा नुनको मात्रा निकै कमका फाइदाहरु निम्न प्रकारका छन्ः
१. यसले शरिरलाई सन्तुलित राख्ने गर्दछः
अत्यधिक नुनको प्रयोगले शरिरको सन्तुलन बिग्रने गर्दछ । त्यसकारण एक हप्तासम्म खानामा नुनको मात्रा हटाउँदा तपाईंको स्वास्थ्यमा निकै धेरै परिवर्तन आउने गर्दछ जसले तपाईंको शरिरलाई स्वस्थ राख्ने गर्दछ ।
२. शरिरलाई हाइड्रेट राख्ने गर्दछः
खानामा नुनको प्रयोगले शरिरलाई डिहाइड्रेसन गराउँदछ । यदि तपाईं गर्मी मौसममा आफ्नो शरिरलाई हाइड्रेट राख्न चाहनुहुन्छ भने तपाईंले आफ्नो भोजनमा यसको मात्रा घटाउनु पर्ने हुन्छ ।
३. तौल कम हुनुः
नुन नखानुको अर्को फाइदा भनेको यसले तपाईंको शरिरमा रहेको बोसोलाई कम गर्नमा ठूलो भूमिका खेल्ने गर्दछ । जो व्यक्तिहरु जसले नुन खाँदैनन् उनीहरुको तौल निकै तेज रुपमा कम हुने गर्दछ ।
४. अत्यधिक उर्जाः
यो सुन्दा तपाईंलाई अचम्म लाग्ला तर नुन नखाँदा तपाईं अझ बढि सक्रिय र उर्जावान् हुनुहुनेछ ।
५. रक्तचापलाई कम गर्दछः
नुन कम खाँदा वा नखाँदा तपाईंको शरिरमा रक्तचापको मात्रा कम हुने गर्दछ ।
६. रोगहरुबाट राख्छ टाढाः
खानामा नुनको मात्रा कम गर्ने व्यक्तिहरुलाई गम्भीर प्रकारको रोग जस्तै क्यान्सरबाट बचाउने गर्दछ । खानामा नुनको मात्रा अत्यधिक हुँदा यसले पेटको क्यान्सर, मृगौलासँग सम्बन्धित रोग तथा पेट र अन्य विकार हुने थुप्रै मानिसहरुको विश्वास छ ।
७. जिब्रोमा हुने ‘टेष्ट बड’ मर्नबाट बचाउँछः
समयसँगै नुनका कारण तपाईंको ‘टेष्ट बड’ मर्ने गर्दछ । यसलाई रोक्नका लागि फलफूल र सागहरुको अत्यधिक मात्रामा सेवन गर्नुका साथै खानामा नुनको मात्रा पनि कम गर्नुपर्ने हुन्छ ।
८. तपाईंलाई हृदयघातबाट टाढा राख्ने गर्दछः
हृदयघातको एक प्रमुख कारण नुन हो । यदि तपाईं आफ्नो खानामा नुनको मात्रा कम गर्नुहुन्छ भने तपाईंको रगतको स्तर सामान्य हुने गर्दछ । यसले तपाईंको दिमाग सक्रिय रहन मद्दत गर्दछ जसका कारण हृदयघातको सम्भावना निकै कम हुने गर्दछ ।
९. हड्डीहरुलाई स्वस्थ राख्नमा सहायकः
जब तपाईं अत्यधिक नुन खानुहुन्छ तब तपाईंको हड्डीमा भएको क्याल्सियमको मात्रा नष्ट हुने गर्दछ । यसका कारण ओस्टियोपोरोसिस हुने गर्दछ जुन स्वास्थ्यका लागि पक्कै रामे होइन । त्यसकारण खानामा नुन कम खाँदा तपाईं लामो समयसम्म बाँच्नु हुनेछ । वृद्ध मानिसहरुका लागि यसको सेवन पूर्ण रुपमा बन्द गर्नुपर्ने हुन्छ ।
१०. मधुमेहः
नुनका कारण रक्तचाप बढ्ने गर्दछ जसका कारण मधुमेह हुनसक्छ ।
११. सुन्निने समस्या कम गर्नमा सहायकः
जब महिनामा तपाईंको त्यो समय आउँछ जब तपाईंको पूरै शरिर सुन्निने गर्दछ । यसको प्रमुख कारण भनेको नुनको सेवन नै हो । नुनको प्रयोग बन्द गरेर एकपटक हेर्नुहोस्, तपाईंको शरिर सुन्निँदैन ।
१२. मृगौलाको समस्याः
जब तपाईं अत्यधिक मात्रामा नुनको सेवन गर्नुहुन्छ तब त्यसको दबाब बढ्ने गर्दछ जसको परिणामस्वरुप मृगौलाबाट निकै धेरै क्याल्सियम उत्सर्जित हुने गर्दछ जसले पत्थरी हुने गर्दछ ।