तेस्रो पटक आउदा परिवार सहित घुम्न आउँछु – शाहरुख खान

काठमाडौ- बलिउड बादशाह शाहरुख खान अहिले नेपालमा रहेका छन् । अभिनेता शाहरुख आज सोमबार अपरान्ह करिव ३ बजेर ३० मिनेटमा फ्यान तथा मिडियाको पर्खाइपछि देखिए । अभिनेता शाहरुख आफ्नो निजी विमानबाट काठमाडौं आइपुगेका थिए ।

न्यारोल्यक पेन्टस्ले राजधानीको हायत होटलमा आयोजना गरेको विशेष कार्यक्रममा सहभागी हुन अभिनेता खान काठमाडौं आएका हुन् । विमानस्थलबाट उनी सिधै होटल हायतमा पुगेका थिए । केहीबेरको विश्रामपछि उनी न्यारोल्यक पेन्ट्सले आयोजना गर्ने पत्रकार सम्मेलनमा सहभागी भए ।

सोही पत्रकार सम्मेलनमा बोल्दै अभिनेता शाहरुख खानले अर्को पटक आउदा परिवार सहित नेपाल घुम्न आउने बताएका छन् । ‘निरोल्याक पेन्टस्’ले सञ्चालन गर्न लागेको वातावरण मैत्री सामाजिक अभियानको उद्घाटन गर्न राजधानी आएका खानले ह्ययात होटलमा नेपालमा पाएको मायाले आफू अत्यन्त उत्साही भएको बताए । भने–‘१६ बर्ष पछि आफू नेपाल आएको छु, अब मेरो नेपालमा तेस्रो भ्रमण छिट्टै हुनेछ’, अभिनेता शाहरुख खानले बताए । खानले थपे ‘यति राम्रो देशमा आउन यत्रो ग्याप भयो अब परिवार सहित छिट्टै आउने छु ।’
राति उनी होटल याक एन्ड यतीमा आयोजित कार्यक्रमा पनि सहभागी हुनेछन् । आयोजकले बताए अनुसार करिव १८ घण्टाका लागि नेपाल आउन लागेका शाहरुख मंगलबार बिहान ९ बजे पुन: मुम्बई फर्कने कार्यक्रम रहेको छ ।