अब गोठमै स्वास्थ्थ उपचार गोठबाटै

फागुन २६, राजविराज -राजविराजको गोबरगाढाका स्थानीय हरिनारायण यादव सोमबार बिहान ११ बजेतिर भैसी दुहुँदै थिए । दुई दर्जन भैंसीले खचाखच गोठकोे एयटा कुनामा राखिएको भकारीमै मातृशिशु स्वास्थ्थसम्बन्धी सूचना उल्लिखित फ्लेक्स टाँसिएको थियो ।
सँगै, स्टिल र काठका दुईवटा थोत्रा दराज ठडिएका थिए । नागरिक दैनिकमा समाचार छ । गोवरगाढा स्वास्थ्थ चौकी कहाँ छ रु यो प्रश्नमा हरिनारायणले आफ्नै गोठको कुनामा राखिएको उही थोत्रो दराज देखाए, जसमा लेखिएको थियो, उप स्वास्थ्थ चौकी गोबरगाढा ।

झन्डै १० वर्षअघि हरिनारायणका बाबु सुकदेव आफू गाविस अध्यक्ष छदाँ अस्थायी चौकी संचालन गर्न उक्त गोठ दिएका रहेछन् । त्यसयता स्वास्थ्थ चौकीले स्थायी आश्रय पाएको छैन । भैसी फुकाएको मौका छोपेर त्यही गोठमा चौकी संचालन हुँदै आएको छ