विवादित विषयमा मुख्य दलले आजदेखि छलफल गर्दै

फागुन २४, काठमाडौं – संविधानका विवादित विषयमा केन्द्रित भएर शिर्ष दलले आजदेखि छलफल सुरु गर्ने भएका छन् । अनौपचारिक भनिएको छलफलको समय र स्थान भने तय भएको छैन । हिजोको बैठक सकारात्मक भएकाले त्यसैलाई निरन्तरता दिदै आज पनि छलफल हुन लागेको हो । हिजो डेढ महिना पछि औपचारीक छलफलमा बसेका सत्ताधारी र विपक्षी दलहरुले सहमतिमै संविधान जारी गर्ने निस्कर्ष निकालेका छन् । बैठकमा औपचारिक तथा अनौपचारिक रुपमा छलफललाई निरन्तरता दिने र चाँडै निष्कर्षमा पुग्ने बारेमा नेताहरुबीच सहमति भएको थियो । कांग्रेस एमाले जेठ १५ मा संविधान जारी गर्ने गरी मार्गचित्रसहित छलफलमा बस्नुपर्ने अडानमा छ भने एकीकृत माओवादी नेतृत्वको मोर्चा भने मिति भन्दा पहिले विषयमा सहमति गर्नुपर्ने अडानमा छ ।