विमानस्थल सुचारु भए पछि अब तिन दिन सम्म २४ घण्टा सेवा सञ्चालन हुने

फागुन २४, काठमाडौं – चार दिनदेखि अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भए पछि अब तिन दिन सम्म २४ घण्टा सेवा सञ्चालनमा आउँने भएकोछ । गए रातीदेखि सञ्चालनमा आए लगत्तै विमान उडान र अवतरण सुरु भएको छ । रातभर नै अन्तर्राष्ट्रिय उडान र अवतरण भएको विमानस्थल कार्यालयले जनाएको छ ।

आजबाट आउँदो बुधबारसम्म नै चौबीसैघण्टा उडान र अवतरणको व्यवस्था मिलाइएको छ । चारदिन देखि विमानस्थल बन्द हुँदा नेपालबाट बाहिर जाने र विदेशबाट नेपाल आउने यात्रुको चाप अत्यन्त रहेको भन्दै यात्रु व्यवस्थापन नभएसम्म २४ सै घण्टा उडान अवतरण गराउने नागरिक उड्यान प्राधिकारणले जनाएको छ । बुधबार बिहान टर्किस एयरलाइन्सको जहाज अवतरणको क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा दुर्घटना हुदाँ बिमानस्थल अवरुद्ध भएको थियो । चार दिन सम्म विमानस्थल ठप्प हुँदा झण्डै ५० हजार यात्रु अलपत्रमा परेका थिए ।