आज अन्तर्राष्ट्रिय महिला विभिन्न कार्यक्रम गरि मनाइदै

फागुन २४, काठमाडौं – आज अन्तर्राष्ट्रिय महिला दिवस । दिवसको अवसरमा महिलावादी संघसंस्थाहरुले देशभर विभिन्न कार्यक्रमको आयोजना गर्दैछन् ।

दिवसको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, विभिन्न दलका नेतालगायतले शुभकामना व्यक्त गर्नु भएको छ । दिवसको अवसरमा सुशील कोइरालाले एक शुभकामना सन्देश दिँदै जनसङ्ख्याको आधाभन्दा बढी हिस्सा ओगटेका महिलाको विकास बिना देशको विकास सम्भव नभएको बताउँदै अन्तरिम संविधान, २०६३ ले कुनै पनि नेपालीलाई लिङ्ग, धर्म, जातजाति वा बसोबासको आधारमा भेदभाव नगरिने तथा महिला विरुद्धको हिंसालाई दण्डनीय अपराधको रूपमा लिने कानूनी व्यवस्था भएको स्मरण गराएका छन् ।
उहाँले महिलालाई सम्मानपूर्वक व्यवहार गर्ने संस्कृतिको विकास र महिलाविरुद्ध हुने हिंसा अन्त्य गर्न सरकारले शून्य सहनशीलताको नीति अबलम्बन गरेको जानकारीसहित महिला सशक्तिकरण गर्ने अभियानमा एकताबद्ध हुन आह्वानसमेत गर्नु भएको छ ।