‘हाउ फन्नी’मा ऋषि धमला

काठमाण्डौ-पुर्व मिस नेपाल माल्भिका सुब्बा कार्यकारी निर्माता रहेको चलचित्र ‘हाउ फन्नी’ फिल्मले रिलिज डेट घोषणा गरेको छ । फिल्म जेष्ठ १५ बाट प्रदर्शन हुने बताईएको छ ।

‘हामिले आफ्नो वितरकहरुसँग सल्लाह गरेर खाली रहेको डेटमा प्रदर्शन गर्ने घोषणा गरेका छौँ’ चलचित्रका निर्देशक निलु डोमा शेर्पाले बताइन् । साथै उनले फिल्ममा ऋषि धमलालाई पनि अतिथि भूमिकामा देख्न मिल्ने बताइन् । ऋषि धमलाले फिल्मकी कार्यकारी निर्माता एवम् पूर्व मिस नेपाल माल्भिका सुब्बाले आफू सुहाँउदो भुमिका भएको भन्दै अभिनय गर्न आग्रह गरेपछि फिल्ममा अभिनय गरेको पत्रकार घमलाले जानकारी दिए ।

फिल्मकी निर्देशक निलु डोमा शेर्पाले भनिन्, ‘फिल्ममा केमियोको रूपमा हुनुहुन्छ । ऋषिजी फिल्ममा पनि पत्रकार सम्मेलनको प्रतिनिधित्व गर्नुहुन्छ’ । चलचित्रमा दयाहाङ राई, केकी अधिकारी, अनुप बिक्रम शाही, निशा अधिकारी, शिशिर राणा, प्रियांका कार्की लगायतको अभिनय रहेको छ ।

‘हाउ फन्नी’ मा शान बस्न्यातको पटकथा तथा संवाद रहेको छ । संगीत शैलेश सिंह, सुरेश अधिकारी र शैलेन्द्र श्रेष्ठको रहेको छ भने यसलाई हरि हुमागाईँले खिचेका हुन् । चलचित्रमा आङ नुरु शेर्पा ‘फेरिचे’, छिरिङ लामु शेर्पा र निमा टासी शेर्पाको लगानी रहेको छ ।