मनाङलाई हराउँदै बुढासुब्बा गोल्डकपको उपाधि एपीएफले उचाल्यो

फागुन २३,धरान – मनाङ मर्स्याङ्दी क्लबलाई हराउँदै १७औ बुढासुब्बा गोल्डकपको उपाधि एपीएफले उचालेको छ। शनिबार धरानस्थित एन्फा टेक्निकल सेन्टरमा भएको फाइनलमा मनाङ मर्स्याङ्दी क्लबलाई १-० गोल अन्तरले हराउँदै उपाधिमाथि कब्जा जमाएको हो।

एपीएफको जितमा राजेन्द्र रावलले खेलको ६८औ मिनेटमा गोल गरे।