आयरल्यान्डको जिम्बाब्वेमाथि ५ रनको रोमाञ्चक जित

फागुन २३, काठमाडौँ – विश्वकप क्रिकेट प्रतियोगिता अन्तरत शनिबार दिउँसो भएको खेलमा आयरल्यान्डले जिम्बाब्वेमाथि ५ रनको रोमाञ्चक जित निकालेको छ ।

अस्ट्रेलियाको होबर्टमा भएको खेलमा पहिले ब्याटिङ गर्दै दिएको ३३२ रनको चुनौती पछ्याएको जिम्बाब्वे अन्तिम अवस्थामा सम्हालिन नसक्दा हारेको हो ।

आयरल्यान्डको पछ्याएको जिम्बाब्वे ४९.३ ओभरमा सबै विकेट गुमाउँदै ३२६ रनमा समेटिएपछि नतिजा आयरल्यान्डको पक्षमा गएको हो ।