पेट्रोलियम पदार्थको भाउ १ रुपैयाले बढ्यो

फागुन २३, काठमाडौँ – लगातार रुपमा घटेको पेट्रोलीयम पदार्थको मुल्यमा वृद्धी भएको छ । नेपाल आयल निगमले आजबाट लागु हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मुल्य बढाएको हो । निगमले पेट्रोल, डिजेल तथा मट्टितेलको भाउ प्रतिलिटर १ रुपैया बढाएको छ ।

बढेको मुल्य अनुसार पेट्रोल प्रतिलिटर १ सय १० रुपैया तथा डिजेल र मट्टितेल प्रतिलिटर ८७ रुपैया ५० पैसा कायम भएको छ । स्वचालित मुल्य प्रणाली अनुसार अन्तर्रािष्ट्रय बजारमा भाउ बढेपछि नेपालमा पनि बढाइएको निगमका प्रवक्ता मुकुन्द घिमिरेले जानकारी दिनुभयो । गएको असोजदेखि हरेक १५ दिनमा निगमले अन्तर्राष्ट«िय मुल्य अनुसार समायोजन गर्दै आएको छ । असोजदेखि लगातार घटेको पेट्रोलको भाउ पहिलो पटक बढेको हो ।