किरात याक्थुङ चुम्लुङको नवौं राष्ट्रिय महाधिवेशन आजबाट हुँदै

फागुन २३, काठमाडौँ – किरात याक्थुङ चुम्लुङको नवौं राष्ट्रिय महाधिवेशन आजबाट हुँदैछ । दिउँसो २ बजे चुम्लुङको कार्यालय ललितपुरको शोभाहिटीमा महाधिवेशन उद्घाटन हुने अध्यक्ष उत्तमसिं थाङ्देनले जानकारी दिनुभयो । उद्घाटन सत्र सुरु हुनुअघि जावलाखेलबाट, लगनखेल हुँदै कार्यक्रम स्थलसम्म विभिन्न साँस्कृतिक झाँकीसहित ¥याली निकालिने छ ।

महाधिवेशनले संस्थाको भावी योजना तय गर्नुका साथै नयाँ कार्यसमिति पनि चयन गर्नेछ । भोलि र पर्सी हुने बन्दसत्रमा सांगठनिक, आर्थिक र भावी कार्यनीतिसम्बन्धी प्रतिवेदन पेश हुने अध्यक्ष थाङ्देनले बताउनुभयो । उहाँका अनुसार चुम्लुङमा झण्डै २५ हजार सदस्य आबद्ध छन् ।