श्रम विभागको मिलेमतोमा तीन करोड बढी ठगी

फागुन २२, काठमाडौ – श्रम विभागसँगको मिलेमतोमा यूनाईटेड कन्सल्टेन्सीले दक्षिण कोरियामा पानी जहाजमा काम गर्न लैजाने भन्दै ४० जना यूवाको ३ करोड २० लाख रुपैया ठगी गरेर विचल्ली बनाएको छ ।

श्रम विभागले श्रम स्बिकृति दिएपछि कन्सल्टेन्सीलाई प्रतिब्यक्ति ८ लाख रुपैयाको दरले रकम बुझाएका यूवाहरुले दक्षिण कोरिया जान त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थल पुगेपछि ठगिएको पत्ता पाएका हुुन ।
पीडित यूवाहरुले आज पत्रकार सम्मेलन गरेर कोरिया प्रस्थान गर्न विमानस्थल पुगेपछि केही समयअघि मात्रै टिकट खारेज भएको र श्रम स्विकृती बाहेक कन्सल्टेन्सीले तयार पारिदिएका सम्पूर्ण कागजातहरु नक्कली भएको थाहाँ पाएको बताए ।
पत्रकार सम्मेलनमा ठगिएका सिन्धुपाल्चोकका यूवा निमा तामाङ्गले नेपाल टेलिकमको ४००१ मा एसएमएस गरेर हेर्दा श्रम स्विकृति आधिकारिक भएको पाएपछि आफूहरुले पैसा बुझाएपनि ठगिएको भन्दै सरकारकै निकायका कारण ठगिएकोले सरकारले नै आफूहरुको ठगिएको पैसा फिर्ता वा कोरिया पठाउने ब्यवस्था मिलाउन पहल गर्नुपर्ने माग गर्नुभाये ।
अर्का पीडित शिवकुमार बस्नेतले आफूहरु ठगिएको विषयमा बैदेशिक रोजगार विभागमा एक साता अघि नै उजुरी गरेपनि अहिलेसम्म सुनवाई नभएको गुनासो गर्नुभयो ।
उहाँले विमानस्थलमा बोडिङ्ग पास लिन जाँदा मात्रै केही घण्टा अघि टिकट क्यान्सिल भएको र श्रम स्विकृतिबाहेकका सबै कागजातहरु नक्कली भएको थाहाँ पाएको बताउनु भयो । आठ लाख रुपैया बुझाउने ४० जना भए पनि एक दुई लाख रुपैया दिने सयौ भएको दावी समेत गरे ।
विभागसँगको मिलेमतोमा कन्सल्टेन्सीका डाईरेक्टर सारदा कुमार मगर, प्रकाश तिवारी, अप्सरा श्रेष्ठ, दानबहादुर पुनसहितका ब्यक्तिहरुले ठगी गरेको दावी गरे ।