विमानस्थल भोलि विहान १० बजेसम्म नखुल्ने

फागुन २२, काठमाडौ – त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल शनिबार विहान १० बजेसम्म नखुल्ने भएको छ ।

टर्किस एयरलाइन्सको विमान धावनमार्ग अवरुद्ध हुने गरी दुर्घटना भएपछि बुधबार विहानबाट नेपालको अन्तराष्ट्रिय उडान तथा अवतरण ठप्प भएको छ । विमान हटाउने प्रयास जारी छ ।

नेपाल नागरिक उड्ययन प्राधिकरणले विमानस्थल बन्द हुने समय पटक-पटक समय थप्दै आएको छ । शुक्रबार विहान १० बजे खुल्ने भनिएको पनि विहान साँझ ५ बजेसम्म बन्द रहने जानकारी दिइयो । मध्यन्हतिर विमानस्थल बन्द रहने समय शनिबार विहान १० बजेसम्म लम्बयाइएको छ ।