टर्किस विमान पन्छाउने कार्य सुरु, अपराह्न्नबाट अन्तराष्ट्रिय उडान सुचारु हुने

फागुन २१,काठमाडौँ-त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको धावन मार्गमा दुर्घटनामा परेको टर्किस एयरलाइन्सको विमानलाई पन्छाउन भारतीय सेनाको विशेष जहाज काठमाडौं आएको छ । विशेष उपकरणसहित नेपाल आएको जहाजले धावनमार्गमा अड्किएको टर्किस एयरलाईन्सको विमानलाई उद्धार गर्ने विमानस्थलले जनाएको छ ।

छोटो रनवेमा पनि अवतरण गर्न सक्ने सो जहाजले २ लाख ५० हजार किलो गह्रुगो टर्किस एयरलाइन्सको विमानलाई पन्छाउने छ । विमानस्थल नै अवरुद्ध हुने गरी दुर्घटनामा परेको जहाज पन्छाइएसँगै दिउँसो ४ बजेदेखि अन्तराष्ट्रिय उडान तथा अवतरण सुरु गर्ने त्रिभुवन विमानस्थलले जनाएको छ ।

टर्किस एयरलाइन्सको विमान हिजो अवतरणको क्रममा धावनमार्गभन्दा बाहिर गएर दुर्घटना भएको थियो । विमानमा सवार सबै २ सय २७ जना यात्रुहरुलाई सकुशल उद्धार गरिएको थियो । विमानको अगाडिको भाग जमिनमा जोतिएको छ भने पखेटाले धावनमार्गको केहीभाग छेकेको छ । धावनमार्ग छेकिएपछि हिजो विहानदेखि सबै अन्तराष्ट्रिय उडान–अवतरण ठप्प भएका छन्