अमेरिकी राजदुत लिपर्ट आक्रमणमा परी गम्भिर घाइते

काठमाडौँ-दक्षीण कोरिया स्थित अमेरिकी राजदुत मार्क लिपर्ट माथी आक्रमण भएको छ । राजधानि सियोलमा भएको आक्रमणमा परि कुटनीतिज्ञ लिपर्ट रगताम्मे भएका छन् । बिहानको खाजा खाईरहेका बेला ४२ बर्षिय राजदुत लिपर्टमाथि आक्रमण भएको बिबिसीले जनाएको छ । राजदुतलाई आक्रमणकारीले रेजर ब्लेडले काटिदिएका छन् । आक्रमण पछि राजदुतलाई अस्पताल लगिएको छ भने ५५ बर्षिय आक्रमणकारीलाई प्रहरीले गिरफ्तार गरेको छ ।

आक्रमणकारीले दक्षीण र उत्तर कोरियाको एकिकरण सम्बन्धी नारा लगाएका थिए । उनले यस अघि दुईदेशको संयुक्त सैनिक अभ्यासका क्रममा पनि एकिकरण सम्बन्धी आफ्नो धारणा राखिसकेका छन् । अमेरिकाले दुई कोरिया बिचको एकतामा असहयोगि भुमिका खेलेका कारण अमेरिकी राजदुत आक्रमणमा परेको हुनसक्ने कतिपय दक्षीण कोरियाली नागरिकहरुले आशंका गरेका छन् । आक्रमण पछि अमेरिकी राष्ट्रपति बाराक ओबामाले आफ्नो राजदुतको स्वास्थ्य लाभको कामना गरेका छन् । एजेन्सीको सहयोगमा ।