स्वाइन फ्लुप्रति स्वास्थ्य मन्त्रीको चासो

काठमाडौं – आज आएर हाम्रो देशमा सबैको मनमा त्रास भएको छ,कारण हो स्वाइन फ्लुको सङ्क्रमणको बारेमा  स्वास्थ्य मन्त्री खगराज अधिकारी भन्छन्  स्वाइन फ्लुको सङ्क्रमण भएका बिरामीको प्रभावकारी उपचार गर्न  सजिलो छैन र प्रगति विवरणबारे आफूलाई दैनिक विवरण थाहा ।भएपछि मन्त्रालयले विशेष सतर्कताका लागि पहल लिएको हो ।

मन्त्री अधिकारीले आज मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठ, स्वास्थ्य सेवा विभाग, सम्बन्धित महाशाखामा प्रमुख, विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधिलगायतलाई उपचार र रोकथामका कार्यमा कुनै कसर बाँकी नराख्न र आर्थिक र प्राविधिक अपुग भएमा माग गर्न अपिल गरे ।

देशभर चिसो बढेसँगै स्वाइन फ्लुको सङ्क्रमित हुनेको सङ्ख्यामा १५ जनाभन्दा बढी भएको अनुमान गरिएको छ । विभागले नेपाल भित्रिने भारतीय नाका र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निगरानीका लागि हेल्थ डेस्कसमेत स्थापना गरेको छ ।