औद्योगिक विकासका लागि प्रतिबद्ध छौँ : मन्त्री बस्नेत

फागुन २०, मकवानपुर-उद्योग मन्त्री महेश बस्नेतले उद्योग देशमा औद्योगिक विकासका लागि आफू लागिपर्ने प्रतिबद्धता जनाएका छन् । औद्योगिक क्षेत्रको विकासका लागि र पुर्वाधार निर्माणका लागि बजेट उपलब्ध गराउन आफू निरन्तर लागिपरेको समेत उनले बताए ।

हेटौंडामा आज औद्योगिक क्षेत्र विस्तार उद्घाटनमा मन्त्री बस्नेत २ बर्षभित्र नया औद्योगिक क्षेत्रको उद्योगका नया संरचना पूर्ण रुपमा निर्माण हुने विश्वास ब्यक्त गरे । २१ विगाह क्षेत्रफल रहेको औद्योगिक क्षेत्रमा विद्युत्, बाटो, पानीको पुर्वाधारको विकासपछि ५० भन्दा बढी उद्योग स्थापना गरिने हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका क्षेत्र व्यवस्थापक दिलिप श्रेष्ठले जानकारी दिए ।