कर्णाली नदिकोे बाहव साविक हुदा स्थिीती सामान्य

फागुन २१, हुम्ला-हिमपहिरोले हुम्लामा कर्णाली नदी थुनिएको आशंका गरिएको भए पनि चिसोका कारण पानिको बाहाव घटेकोले स्थानीय बासिन्दा त्रसित भएका थिए । एक्कासि पानीको बाहब घट्दा हिउ पहिरो आएर पानी थुनेर पानीको वहाव घटेको आशंका स्थानीयवासीन्दाले गरेका थिए ।

अत्याधिक हिमपात हुँदा कारण पनि यस्तो हुन सक्ने र हुम्ला जिल्लाको सदरमुकाम सिमकोट देखि ५२ काृष टाढा पर्ने लिमीमा रहेको लिंक खोलावाट आउन पानीको मुहानमा बरफ जमेकाले बन्द भएपछि कर्णाली नदिमा पानीको साविक भन्दा बहाव कम भएको छ ।

हिजो साँझबाट कर्णाली नदिकोे बाहव साविक मै बग्न थाले पछि कुनै खतरा नभएको हुम्ला प्रहरीले जनाएको छ । प्रहरीले जिल्लामा भारी हिमपातसंगै कर्णाली नदिको बाहव घटेको आधारमा जिल्लाभरी पुर्ण सर्तकर्ता अपनाईएको भए पनि अब कुनै किसिमको खतरा नभएकोले निस्चिन्त हुन स्थानियलाई आग्रह गरेको छ ।