अरबिन्द केजरिवालले राजीनामा दिए

काठमाडौ- आम आदमी पार्टीका संयोजक अरबिन्द केजरिवालले पार्टीको राष्ट्रिय संयोजक पदबाट बुधबार राजीनामा दिएका छन् । पार्टीभित्रको विवादले उग्ररुप लिएपछि उनले संयोजक पदबाट राजीनामा दिएका हुन् ।स्वास्थ्य खराब भएर बैंगलोमा उपचाररत केजिरवालले अस्पतालबाटै राजीनामा दिएका हुन् ।बुधबार हुने राष्ट्रिय कार्यकारिणीको बैठकमा केजरिवालको राजीनामा बारे अन्तिम फैसला हुने भएको छ । यो बैठकमा आपका अन्य नेताहरु योगेन्द्र यादव र प्रशानत भुषणबारेमा पनि अन्तिम टुंगो गरिने बताइएको छ ।
दिल्लीको मूख्यमन्त्रीमा चयन भएपछि केजरीवालले २६ फेब्रुअरीमा संयोजक पदबाट राजीनामा दिने पत्र पार्टी कार्यालयमा पठाएका थिए । त्यसबेला उनको राजीनामा पत्रबारे पार्टीमा कुनै चर्चा भएको थिएन ।

पार्टीले छलफल नचलाएपछि केजरिवालले पुन: पत्र पठाएर राजीनामा दिएका हुन् । राष्ट्रिय कार्यकारिणीको बैठकमा केजरिवालसहित २० सदस्य रहेका छन् । उनको राजीनामाको टुंगो यही बैठकले गर्ने भएको छ ।
केजरिवालले दिल्लीको मूख्यमन्त्री भएपछि प्रशासनिक कार्यमा बढी समय दिनुपर्ने भएकाले पार्टीलार्इ समय दिन नसक्दा राजीनामा दिनुपरेको जनाएका छन् । केजरिवालले पार्टीलार्इ पठाएको राजीनामा पत्रमा पार्टीलार्इ पूरा समय दिन नसक्ने भएकाले आफ्नो राजीनामा स्वीकार गरिदिन माग गरेका छन् ।