स्वाईन फ्लुलाई रोक्न सीमा नाकामा हेल्प डेस्क

फागुन १४, कपिलवस्तु-स्वाईन फ्लुको संक्रमणलाई रोक्न भारतसंग जोडिएका दुई सीमा नाकामा हेल्प डेस्क स्थापना गरिएको छ । जिल्ला बिपद व्यवस्थापन समितिको तौलिहवामा बसेको बैठकको निर्णय लगत्तै कृष्णनगर र मर्यादपुर नाकामा हेल्प डेस्क स्थापना गरिएको हो । जिल्ला स्वास्थ्य कार्यालयलले त्यस क्षेत्रका स्वास्थ्यकर्मीको टोलीहरुलाई राखेर हेल्प डेस्क संचालन गरेको जनाएको छ । नेपालमा समेत स्वाईन फ्लुको संक्रमण देखिन थालेपछि गृह र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले क्षेत्रीय प्रशासन कार्यालयमार्फत प्रशासन कार्यालयलाई परिपत्र गरिए लगत्तै हेल्प डेस्क स्थापना गएिको हो ।