सदरमुकाम जोड्ने सडकलाई कालोपत्रे गरिँदै

फागुन १४, रामेछाप-रामेछाप जिल्लाको सदरमुकाम मन्थलीबाट पुरानो सदरमुकाम रामेछाप जोड्ने सडक खन्डमा कालोपत्रेको काम सुचारु भएको छ । करिब १३ किलोमिटर सडक खण्डको लागी एडिबीले १७ कारोड रुपैया लागत सहयोग गरेको छ । २०७३ साल बैशाखसम्ममा कालोपत्रेको काम सम्पन्न गर्ने लक्ष्यका साथ बज्रजुरु अमर जिभीले आयोजनाको जिम्मा लिएर काम सुचारु गरेको हो । केहि समय अगाडि निमार्ण कार्य ढिलो भएको भन्दै रामेछापका स्थानिय बासिन्दाले  जिल्ला प्रसासन कार्यालयको ध्यनाकर्षण गराएको थियो । स्थानियको ध्यानाकर्षण पच्चात निर्माणकार्यले गति लिएको हो । निर्माणधिन कालोपत्रे सडकले रामेछाप, ओख्रेनी ,सुकाजोर, रामपुर, हिमगंगालगाएतका गाबिसका बासिन्दालाई फाइदा हुनेछ ।