स्कटल्याण्डले दियो अफगानिस्तानलाई २११ रनको लचुनौती

फागुन १४ काठमाडौं-एक दिवसीय विश्वकप क्रिकेटमा स्कटल्याण्डले अफगानिस्तान सामु २११ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर अफगानिस्तानले फिल्डिङ रोजेपछि पहिे ब्याटिङ गरेको स्कटल्याण्डले निर्धारित ओभरमा सबै विकेट गुमाउँदै २१० रनको योगफल तयार तयार पार्यो । स्कटल्याण्डका माजिद हक र मट मचनले सर्बाधिक ३१÷३१ रनको योगदान गरे । अलसदिर ईभानले २८ रनको योगदान गरे । स्कटल्याण्डलाई सस्तैमा समेट्नेक्रममा अफगानिस्तानका सापुन जदरानले सर्बाधिक ४ तथा दाउलत जदरान ३ विकेट लिए। २११ रनको लक्ष्य पछ्याउने क्रममा अफगानिस्तानले अहिले जवाफी ब्याटिङ गरिरहेको छ ।