एमाले स्थायी समितिले उपनिर्वाचनका लागि उम्मेदवार तोक्ने

फागुन १४ काठमाडौं -नेकपा एमालेको स्थायी समितिको बैठक आज पनि बस्दैछ । दिउँसो साढे १२ बजे बस्ने बैठकमा कार्यविभाजन, वैकल्पिक केन्द्रीय सदस्य मनोनयन टुंग्याउने बताइएको छ । यसैबिच  आजको बैठकले बागलुङमा हुने उपनिर्वाचनका लागि पार्टीले तोक्ने उम्मेदवारको नाममा पनि छलफल हुनेछ । लामो समयपछि हिजोको बैठकले १० जना मनानित पूर्ण केन्द्रीय सदस्य एमालेले मनोनयन गरेको छ ।