बाराको सिमरामा विगत ८ दिन देखि जारी रहेको आन्दोलन स्थगीत

फागुन १२,बारा- बाराको सिमरामा विगत ८ दिन देखि जारी रहेको आन्दोलन स्थगीत भएको छ । आन्दोलनकारी र सरकार विच वार्ता गर्ने सहमती भए पछि आज विहानबाट आन्दोलनको सम्पुर्ण कार्य स्थगीत भएको जनाईएको छ ।

प्रशासनिक सेवाकेन्द्र स्थापनाको माग गर्दै थप चर्किएको आन्दोलन स्थगीत भए पछि जनजिबन सामान्य बनेको छ । आन्दोलनमा प्रहरी र प्रदर्शनकारी वीच झडप हुँदा सय भन्दा बढी घाईते भएका थिए भने यातायात, उद्योगधन्दा, बजार व्यवसाय , शिक्षण संस्था आवरुद्ध रहँदा सर्वसाधारणले मार खेप्दै आएका थिए । आन्दोलन चर्किदै गएपछि प्रशासनले सिमरा आसपासका क्षेत्रमा निषेधाज्ञा समेत जारी गरेको थियो ।