भारतमा प्रतिबन्धित ञएमएसजीञ नेपालमा चल्ने

काठमाडौँ- भारतमा विवादमा परेको  फिल्म ञएमएसजीञ अब नेपालमा पनि प्रदर्शन हुने पक्का भएको छ । यसलाई नेपालमा दर्शना आट्सले वितरण गर्नेछ ।   भारतको सेन्सर बोर्डले बिषयवस्तुका कारण यो फिल्मलाई पास गर्न मानेको थिएन । तर, सरकारले नै हस्तक्षेप गरेर फिल्म पास गराएपछि सेन्सरका अध्यक्षदेखि सम्पूर्ण कर्मचारीले राजीनामा दिएका थिए ।

भारतमा १ अर्ब भन्दा माथिको व्यापार गरिसकेको यो फिल्ममालाई बाबा गुर्मित राम रहिम सिंहले निर्देशन गरेका हुन् । फिल्ममा छायांकन, संगीत, कथा, पटकथादेखि विभिन्न १२ विधामा गुर्मित राम रहिमले नै काम गरेका छन् । यूवाहरुको कथालाई देखाएको यो फिल्मबाट उठेको सम्पूर्ण रकम समाजसेवामा खर्च गरिने दर्शन आर्टले जनाएको छ ।