२०१५ को साफ अफगानिस्तानका लागि अन्तिम

फागुन १२, काठमाडौँ-सन् २०१३ मा काठमाडौंमा भएको ८ औं संस्करणको दक्षिण एसियाली फुटबल ९साफ० प्रतियोगिताको विजेता अफगानिस्तानले सन् २०१५ को साफ आफ्नो टिमका लागि अन्तिम हुने  बताएको छ।

फुटबल सम्बन्धी समाचार दिने गोल नेपाल डटकमका अनुसार आफगानिस्तानी फुटबलका  महासचिव सहिद अलिरेजा अघाजादाले आफ्नो देश मध्य एसिया फुटबल संघ ९क्याफ०को सदस्य बनेकोले साफ छोड्न लागेको बताएका हुन्। क्याफको प्रतियोगिता सन् २०१६ मा  हुने छ।

अघाजादाले सन् २०१७ को साफ प्रतियोगितामा सदस्य राष्ट्रले अफगानिस्तानका लागि मैत्रीपूर्ण खेल खेल्न आग्रह गरेमा मात्र सहभागी हुन सक्ने बताएका छन्। क्याफमा इरान, अफगानिस्तान, तुर्कमेनिस्तान, उज्वेकस्तान, किर्गिजस्तान, ताजिकस्तान सदस्य छन्।