अब बैंकले विना धितो ऋण लगानी गर्ने

फागुन १२, बैतडी-मर्सिकोर नेपाल संघको साझेदारीमा बैतडीमा आफ्नो शाखा विस्तार गरेको निर्धन उत्थान बैंकले विना धितो ऋण लगानी गर्ने भएको छ ।  धितो राख्ने सम्पत्ति नभएका तर इमान्दारिता र मेहनत गर्ने जागर भएका नागरिकलाई लक्षित गर्दै बैंकले समुह मार्फत विना धितो ऋण दिने तयारी गरेको हो ।

जिल्लाका स्थानीय नागरिकहरुलाई सक्रिय बनाउन नगरपालिकाका विभिन्न वडामा १२ वटा समूह गठन गरिएको छ ।  समूहमा आवद्ध सदस्यहरुको आवश्यकता अनुसार विभिन्न व्यवसायका लागि वढिमा १ लाख ऋण लगानी गर्ने बैंकले जनाएको छ । दशरथचंद नगरपालिकाबाट आफ्नो कार्यको थालनि गरेको बैंकले गाविसहरुमा पनि कार्यक्षेत्र विस्तार गर्ने छ ।

कर्जा पाएपछि तरकारी तथा फलफूल उत्पादन, भैंसी पालन, गाई पालन, वाख्रापालन तथा कुखुरापालन लगायतका व्यवसाय गर्न ईच्छुक तर आर्थिक अवस्था न्युन भएका बेरोजगार नागरीकलाई व्यवसाय संचालन गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।