इंल्याण्डद्धारा स्कटल्याण्ड ११९ रनले पराजित

फागुन ११ , काठमाडौँ- विश्वकप क्रिकेट अन्तर्गत सोमबारको पहिलो खेलमा इंग्ल्याण्डले स्कटल्याण्डलाई ११९ रनले हराउँदै पहिलो जित दर्ता गरेको छ। टस जितेर क्राइस्टचर्चमा पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले मोइन अलीको शतकसँगै निर्धारित ५० ओभरको खेलमा ८ विकेट गुमाएर ३०३ रन बनाएको थियो।

३०४ रनको विजयी लक्ष्य पछ्याएको स्कटल्याण्ड ४२।२ ओभरमा अलआउट हुँदै १८४ रनमा समेटियो। पहिलो विकेटका लागि इंल्याण्डका ओपनरद्वय अली र इयान बेलले १ सय ७२ रनको साझेदारी गरे। बेल ५४ रनमा आउट भए । मोइन अली १२८ रनमा पभेलियन फर्किए ।१०७ बलको सामना गरेका उनले १२ चौका र ५ छक्का प्रहार गरेका थिए। यस्तै कप्तान ओइन मोर्गानले ४६ रन जोडे । जोस बट्लरले १४ बलमा २४ रन जोडे ।

स्कटल्याण्डका लागि जोस डेभीले ४ विकेट लिएका थिए। विश्वकपको पहिलो खेलमा अस्ट्रेलियासँग १ सय ११ रनले पराजित भएको इङल्यान्ड शुत्रबार न्युजिल्यान्डसँग झन खराब प्रदर्शन गर्दै ८ विकेटको नतिजामा स्तव्ध भएको थियो।