माईक्रोसफ्ट सरु !

prashant picप्रशान्त ओझा
‘आकाश तिमि साँच्चै निश्चल छौ । तिमि देख्नमा जति सुन्दर छौ त्यति नै सुन्दर तिम्रो हृदय पनि छ ।’ भेट्ने व्यक्तिकै पृय सब्दको सगुन चढाई सरुले ।
सरुको आवाजमा सधैंको भन्दा भिन्न स्वाद छ । उसको स्वाद बज्यैले पकाउने मालपुवा भन्दा मिठो छ । उ आज जुन भन्दा पनि सुन्दर छे ।
‘आकास तिमिले मलाई भुलेका हौ ?’
‘त्यो के भनेको सरु । तिमि बिना म आफ्नोबारे कल्पना सम्म पनि गर्न सक्दैन,’ सरुसँग किशोरावस्थामा गरिने वाक्य शंवाद आज फेरि दोहरियो ।
आज मैले आफ्नो विवाह भएको भुलेको छु । सरु अर्कैकी भएकी पनि भुलेको छु । आज त्यहि चौतारोमा उसँग म पुराना दिनका जस्तै बात मारिरहेको छु ।
बेसीबाट लेक लाग्दा बाटोमा पर्ने त्यो चौतारो अरुदिन भन्दा फरक देखिन्छ । सुकेको वरको रुखले पनि शिलतता दिईरहेको छ । त्यो वर फेरि युवाअवस्थामा फर्किएको जस्तो ।
म पनि त आज १५ वर्ष पछाडि फकिएकी छु । म मेरी सरुको ‘आकाश’ भएको छु । उनीसँग वातमार्दै वेसी झर्ने र लेक फेर्ने भएको छु । त्यो चौतारोमा हामी एक अर्कालाई पर्खिने भएका छौं ।
साँझको बेला खेतको काम सकेर लेकको घरतिर जाने किसानहरु चौतारको बाटो भएर उकालो काटिरहेका छन् । तर तिनीहरु कोहि पनि चौतारोमा बस्दैनन् । त्यो चौतारो आज सरु र मेरा लागि मात्र भएको छ ।
सायद सरु र म सँगै भएकाले बटुवाहरुले पनि चौतारोमा बसि थकाई मार्ने चाहनालाई मारेका होलान् । आज सरु र म मात्रै थकाई मार्न चौतारोमा छौं । वा भनौं, त्यो चौतारो हाम्रो प्रेमिल पलको सहयात्री बनेको छ ।
‘तिमि छौ र म पनि छु है सरु ।’ उनको कोखमा टाउको राख्दै मैले भने । ‘सायद म पनि तिमि भएकैले छु,’ उनको जवाफ पनि उत्ति नै पृय छ ।
आज उनको कोख हिउँदमा आढेको फाईवर सिरक भन्दा कम न्यानो छैन । त्यो कोख सारा संसार जस्तै । सायद आज सरु मेरी सवथोक हो । त्यसैले उनका नाममा आफ्नो सर्वश्व सुम्पेको छु ।
‘तिमि मेरा लागि सधैं माथि नै रहन्छौं आकाश । जसरी आज पनि छौं,’ उनले पहिले भन्ने गरेको वाक्यमा केहि थप घट गरेर आज पनि दोह¥याईन् । आज उनका सारा कुरा राम्रा लाग्दैछन् । उनी खुसी छन् । तर, म चाहान्छु आज उनी रिसाउन र म उनलाई फकाउने कोशिष गरु । तर, उनी रिसाउँदिनन् ।
‘सरु मैले बिहे गरिसके,’ म उसलाई भन्न चाहान्छु । तर, सरु समक्ष पुग्न त्यो वाक्य नै स्वयं डराए जस्तो, मेरो मुखबाट उच्चारण हुने हिम्मत छैन त्यसमा । सायद सरुको त्यो कोख सर्वो आनन्द हो, जहाँ मैले स्वयं आफुलाई पनि भुलेको छु । मैले विहे गरेको भुलेको छु । मेरा एक छोरा, एक छोरी दिमागमा छैनन् ।
‘आकाश तिमि मेरो हौ र सधैं मेरो बन्ने छौं,’ मेरो टाउको सुमसुम्याउँदै सरु भन्छिन् । उनी बिनाको जीवन एक्लो हुने कल्पना गर्दैछु म पनि आज । सायद जिन्दगी फेरि सुरु भएको छ आजबाट । सरुसँगको प्रेम पुनः सुरु भए जस्तो ।
आज मेरो जीवन मैले चलाउने ल्यापटप जस्तै भएको छ । जसमा म जीन्दगीको अर्को सफ्टवेयर ईन्स्टल गरिरहेको छु । र, नयाँ सफ्टवेयर इन्सटल गरेको कम्प्युटर रुपी मेरो जीवनमा सरु नयाँ प्रोग्राम भएकी छे । मेरो जीवनरुपी कम्प्युटरको सरु त्यो प्रोग्राम हो । जसले सारा कम्प्युटरलाई चालउँछे । माईक्रोसफ्टको ‘विण्डो’ जस्तै ।
सायद सरुपनि माईक्रोसफ्टबाट निर्मित भएकी छे । माईक्रोसफ्टले सरुलाई मेरो कम्प्युटर रुपी जीवनका लागि अलग्गै प्रोग्राम बनाएको हो । त्यसैले उ मेरा लागि ‘माईक्रोसफ्ट सरु’ भएकी छे । कम्प्युटररुपी मेरो जीवनका सारा प्रक्रियाहरु पुर्नसंचालनका लागि ‘माईक्रोसफ्ट सरु’ बनेकी छे उ । त्यो चौतारोमा फेरि अर्को दिन नयाँ संवाद सुरु हुनु भन्दा पहिले सुरु मेरो कम्प्युटररुपी जीवनमा ईन्स्टल भएसकेकी हुने छ ।