माओवादीको बेहाल हुन अब ५ दिन बाँकी : मन्त्री रिजाल

फागुन ११, सोलुखुम्बु-  सूचना तथा सञ्चारमन्त्री डा मिनेन्द्र रिजालले आन्दोलनको घुर्की लाउदै हिडेको विपक्षी एमाओवादी नेतृत्वको मोर्चाको बेहाल हुन अब ५ दिन मात्रै बाँकी रहेको बताएका छन् । फागुन १६ गते लाई लक्षित गरेर विपक्षी मोर्चाले आन्दोलनको घुर्की लगाउँदै हिडेको भन्दै मन्त्री रिजालले सो दिन शक्ति प्रर्दशन नभई माओवादीको बेहाल हुने दोहोर्याए ।

सहमतिको लागि संवाद गर्न छोडेर हिडेका एमाओबादीको पक्षमा जनता नरहेको बताउँदै रिजालले भने, फागुन १६ को आन्दोलनको सहभागिताले विपक्षी मोर्चालाई अप्ठ्यारो पार्ने छ। वास्तविक आन्दोलन गर्न माओबादीको सामथ्र्य नरहेको भन्दै विपक्षीहरु घुँडा टेकेर प्रकृयामा आउने मन्त्री डा रिजालको भनाइ छ । मन्त्री रिजालले एमाओवादीलाई धेरै नकुर्ने भन्दै प्रकृया मै गएर भएपनि ४–५ महिनाभित्र मुलुकलाई लोकतान्त्रिक संविधान दिने ठोकुवा गरे।