नौ लाख बराबरका चल्ला बरामद

फागुन ११ ,नवलपरासी –    नवलपरासीको महेशपुर सीमा नाकाबाट सशस्त्र प्रहरीले करिब ९ लाखभन्दा बढीको कुखुराका चल्ला बरामद गरेको छ । भारतको ठूठीबारीबाट नवलपरासी भित्राउँदै गरेको अवस्थामा सशस्त्र सीमा सुरक्षा कार्यालय बेलासपुर र वोर्डर आउट पोष्ट हरपुरको संयुक्त गस्ती टोलिले २ सय कार्टुनमा ल्याउँदै गरेका चल्लालाई बरामद गरेको शसस्त्र प्रहरी बल वोर्डर आउट पोष्ट हरपुरका निरीक्षक रामकृष्ण हमालले बताउनुभयो । बरामद गरेका कुखुराका चल्ला १२ हजार जीउ छन् । बजार मूल्य करिब ७५ देखि ८० रुपैयाँ प्रति गोटा मूल्य पर्ने कुखुराका चल्लालाई बोकेर ल्याउने व्यक्तिहरु भने फरार रहेको सशस्त्र प्रहरीले जनाएको छ ।