पश्चिमाञ्चल र न्यू डायमण्डको दोस्रो सेमिफाइनल आज

फागुन ११ , पोखरा-चौथो महिला अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको आइतबार स्थगीत भएको खेल आज संचालन हुँदैछ । आयोजक पश्चिमाञ्चल टीम र न्यू डायमण्ड एकेडेमीबीचको दोस्रो सेमिफाइनल खेल खराब प्रकाशका कारण स्थगित भएकाले आज हुन लागेको आयोजकले जनाएको छ ।  दुई९दुई सेटको बराबरीको अवस्थामा दुवै टीमका कप्तानको आग्रह तथा अफिसियलको समन्वयमा आयोजकले खेल स्थगित गरेको हो ।  सोमबार नै हुने भनिएको फाइनल खेल म·लबार दिउँसो तीन बजे हुनेछ ।

त्यस्तै यसअघि आइतबार पोखरा र·शालाको भलिबल कोर्टमा भएको पहिलो सेमिफाइनलमा एपीएफले पुलिसलाई ३९१ को सेटमा पराजित गर्‍यो । पहिलो सेटमा २५९१५ ले जितेको एपीएफ खेलाडीबीच उचित तालमेल नमिल्दा दोस्रो सेट २१९२५ ले पुलिसलाई सुम्पियो । तेस्रो सेट २५९१२ ले सजिलै आफ्नो पक्षमा पारेको एपीएफ चौथो सेटमा भने सरस्वती चौधरीको उत्कृष्ट सर्भिसमा लक्की बन्यो ।

प्रतिस्पर्धात्मक खेलमा २४९२२ ले अगाडि रहेको अवस्थामा पुलिसले लगातार दुई अड्ढ गुमाएपछि एपीएफले बराबरी गर्ने अवसर पायो । त्यसपछि दबावमा परेको पुलिसविरुद्ध सरस्वतीकै लगातार दुई सर्भिसको मद्दतमा एपीएफले जीत हात पार्न सफल भयो ।