पाल्तु कुकुरलाई रेविज विरुद्ध भ्याक्सीन

फागुन ११ , जुम्ला -जिल्ला पशु सेवा कार्यालय जुम्लाले पाल्तु कुकुरलाई रेविज विरुद्ध भ्याक्सीन लगाउन आग्रह गरेको छ । तिन महिना उमेर पुगेका कुकुरलाई अनिवार्य वर्षमा एक पटक रेविज विरुद्ध भ्याक्सीन लागउनु पर्ने वरिष्ठ पशु विकास अधिकृत रेशमराज ज्ञावलीले बताउनु भयो । कुकुरको सम्पर्क जंगली जनावारसँग हुने र जंगली जनावरमा रेविजको संक्रमण हुने भएकोले वर्षमा एक पटक रेविज विरुद्ध भ्याक्सीन अनिवार्य लगाउनु पर्ने उहाँको भनाइ छ । घरपालुवा कुकुरलाई छाडा नगर्न ज्ञवालीले किसानलाई सुझाव दिनुभएको छ ।