बगलादेशमा एक सय यात्रुसहित डुंगा डुब्यो

फागुन १०,काठमाडौँ – बंगलादेशको ढाका नजिक एउटा डुंगा एक सय बढी यात्रुसहित डुबेको छ। अधिकारीहरुका अनुसार डुंगा पद्या नदी पार गर्ने क्रममा डुबेको हो । डुंगा अर्को एउटा डुंगासँग ठोक्किएपछि डुबेको अधिकारीहरुले बताएका छन् ।

घटना राजधानी ढाकाबाट करिब ५० किलोमिटरको दुरीमा भएको बताइएको छ। राहत र उद्धार कार्य जारी रहेको बंगलादेशी अधिकारीहरुले बताएका छन् । मानवीय क्षति भए नभएको विवरण प्राप्त भइसकेको छैन । एजेन्सी