गृह मन्त्रालयको ध्यानाकर्षण दाहालमाथि

फागुन १०,काठमाडौँ – एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो ज्यान जोखिममा रहेको अभिव्यक्ति सार्वजानिक गरेकोप्रति गृह मन्त्रालयको ध्यानाकर्षण भएको जनाउदै दाहालको सुरक्षा सम्बेदनशीलताप्रति सजग रहेको बताएको छ ।

गृह मन्त्रालयले विज्ञप्ती निकालेर पूर्व प्रधानमन्त्री एवं व्यवस्थापिका संसदमा विपक्षी दलका नेताको सुरक्षा संवेदनशीलताप्रति सरकार पूर्ण सजक रहेको जनाएको हो । एमाओवादी अध्यक्ष दाहाललाई अहिले पनि उच्चस्तरको सुरक्षा व्यवस्था गरिएको भन्दै उहाँको सुरक्षाको बारेमा विश्वस्त हुन सबैमा अनुरोध समेत गरेको छ । एमाओवादी अध्यक्षले केही दिनअघि एक सार्वजनिक कार्यक्रममा आफुलाई सुरक्षा खतरा रहेको बताउनुभएको थियो ।